राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, अरु के छन् ? (पूर्णपाठ)

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । 

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो । 

राप्रपाले आफ्नो घोषणापत्रमा उच्चस्तरीय नागरिक आयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने र अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था लागू गर्ने उल्लेख गरेको छ । 

आफू बरु नष्ट हुने तर भ्रष्ट नहुने प्रतिवद्धता गर्दै राप्रपाले भ्रष्टाचारमुक्त, जवाफदेही तथा पारदर्शी शासन पद्दति व्यवहारमा लागु गर्ने उल्लेख गरेको छ ।

राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ ।

प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने पनि राप्रपाले बताएको छ ।

Leave A Reply

Your email address will not be published.