प्रबासी नेपालीहरुको प्रेरणाले देशलाई बिद्ध्युतमा आत्मनिर्भर बनाउन सकियो – कुलमान घिसिङ्ग

0

नेपाल बिद्ध्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले विदेशमा बस्ने नेपालीहरुको उत्प्रेरणा र नेपाली युबाहरुको साथ र समर्थनले देशलाई लोडसेडिङ्ग मुक्त बनाउन आफुलाई उर्जा मिलेको बताउनु भएकोछ। मंगलबार बेल्जियमको राजधानी ब्रुसेलमा नेपाली आदिबासी जनजाती महासंघ बेल्जियमले उहाको स्वागत तथा सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै आम नागरिकको सहयोग र समर्थनले देशलाई अन्धकारबाट उज्यालो तर्फको यात्रामा अगाडि बढाउन सकेको बताउनु भएको हो।

आफु प्राधिकरणको कार्यकारी निर्देशक हुदा पैतिस अर्ब घाटामा रहेको नेपाल बिद्ध्युत प्राधिकरणलाई आज अरबौ नाफामा पुर्याएर बिद्युत उत्पादन योजनाहरुमा लगानी गर्न सक्ने र बिद्युत निर्यात गर्न सक्ने संस्थान बनाउन सकिएकोछ भन्नु भयो। अहिले प्राधिकरणले हरेक महिना साढे दुइ अर्ब रुपयाको बिद्युत भारतलाई बेची रहेकोछ। केहि समय भित्रै बंगलादेशलाई पनि बिद्युत बेच्ने तयारि पनि भैरहेकोछ। देश बिद्ध्युतमा आत्मनिर्भर हुदा इन्धन आयातमा विदेशिने अरबौ डलर बचेको र उद्योगहरु खोल्ने उद्योगीहरु बढेको , बिध्युतिय सवारीसाधनको आयात बढेको र बाताबरणमा सहयोग पुगेको जस्ता सकारात्मक परिणाम देखिएकोले देश बिकासमा टेवा पुगेकोछ भन्नु भयो।

घिसिङ्गले बिद्युत प्राधिकरणले संचालन गर्ने योजनाहरु र अन्य हाइड्रोपावरमा लगानी गरेर मातृभूमि प्रतिको कर्तब्य पुरा गर्न र लगानीको नाफा कमाउन पनि बेल्जियमबासि नेपालीहरुलाई आग्रह गर्नु भएकोछ। प्राधिकरणले विदेशका नेपालीहरुको लगानीलाई सुरक्षित प्रतिफल पाउने बनाउन योजनाहरु ल्याउने आस्वासन दिनु भएकोछ।

घिसिङ्गले अबको पांच बर्षमा पेट्रोलियम पदार्थलाई पुरै बिस्थापित गरेर बिद्युत उर्जाबाट धेरै काम गर्न सकिने र छिट्टै ग्रीन हाइड्रोजनको उत्पादन गर्न सकेमा युरोपलाइ पनि नेपालले स्वच्छ उर्जा निर्यात गर्न सक्छ भन्नु भयो। संसारलेनै इनर्जी क्राइसिस व्यहोरी रहेको बेलामा नेपालले हाइड्रो र ग्रीन इनर्जी उत्पादन बढाएर निर्यात गर्न सक्नु पर्ने उहाको भनाइ थियो।


कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले हरेक नेपालीको मनमुटुमा बस्न सफल रास्ट्रसेबकलाइ बेल्जियममा स्वागत गर्न पाएकोमा खुसि व्यक्त गर्दै घिसिङ्गको नेतृत्वमा उर्जा क्षेत्रमा देश अझै अगाडी बढोस भनि शुभकामना दिनु भयो।


नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला, एनआरएनए बेल्जियमका सचिब सुबाश भट्ट, ग्लोबल एनआरएनए फाउन्डेसन बेल्जियमका संयोजक पदम गुरुङ, सेंत्रोलोजी चर्चका जना समपर्क अधिकृत मेरियम जेन्निकेनले लगायतले कार्यकारी निर्देशक घिसिङ्गलाई स्वागत गर्दै आफ्नो भनाइ राख्नु भएको थियो।

कार्यक्रममा बेल्जियमका बिभिन्न संघ संस्थाहरुले घिसिङ्गलाई खादा लगाएर सम्मान गरेका थिए। तामांग समाज बेल्जियमका अध्यक्ष राम लामाले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो। सोहि अवसरमा उहाको धर्मपत्नी दीपा घिसिङ्ग, इन्जिनियर सचिन गौतम र उर्जामन्त्रिका निजि सचिब माधब अधिकारीलाई पनि स्वागत गरिएको थियो।

कार्यक्रमका शभापति एबम नेपाली आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बिरमान मगरले छोट्टो समयको सुचनामा पनि कार्यक्रम सफल पार्न सहयोग गर्ने र उपस्थित सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको संचालन संस्थाका महासचिब पेम्बागेलु शेर्पाले गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.