प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

0

काठमाडौंः राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङ दुर्घटनामा परेर एक जनाको मृत्यु भएसँगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार अब उडानको सुरक्षा, ऐन नियम र प्रावधानहरुबारे समेत प्राधिकरणले अधययन गर्ने भएको छ । सोहीकारण तत्कालका लागि सबै उडान बन्द गर्ने निर्णय भएको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.