यस वर्षको मनसुन बाहिरिने चरणमा

0

काठमाडौं : यो वर्ष नेपालबाट मनसुनी प्रणाली बाहिरिन केही ढिलो भएको छ । औसतभन्दा १३ दिन ढिलो भइसक्दा पनि मनसुनी प्रणाली आजसम्म नेपालबाट बाहिरिसकेको छैन । 

मौसमविद्हरूका अनुसार यो प्रणाली नेपालबाट बाहिरिन अझै केही दिन लाग्नेछ । “अझै पनि यही दिन र गते मासुनी प्रणाली बाहिरिन सक्छ भन्न सकिँदैन,” मौसमविद् हिरा भट्टराई भन्छन्, “तर, अबको तीनदेखि चारदिन भित्र नेपालबाट बाहिरिने देखिएको छ ।” 

मनसुनी वायुको प्रभाव कमजोर हुँदै गइसकेको छ । जसका कारण अब भारी वा धेरै भारी वर्षा हुने सम्भावना छैन । मौसमविद् भट्टराईका अनुसार अब स्थानीय वायुको प्रभाव देखिन थाल्ने भएकाले त्यसको प्रभावस्वरुप कतैकतै सामान्य वर्षा हुनेछ । 

अब ठूलो बाढी र पहिरो नै आउने गरी वर्षाको सम्भावना नरहेको उनको भनाइ छ । 

सामान्यतया नेपालमा मनसुनी प्रणाली भित्रिने समय अक्टोर २ हो । तर, अक्टोबर १५ हुँदा पनि यो वर्ष मनसुन बाहिरिएको छैन । जुन १३ नेपालमा मनसुन भित्रिने औसत मिति हो । तर, यो वर्ष जुन ५ मै मनसुन भित्रिएको थियो । 

Leave A Reply

Your email address will not be published.