साइप्रसमा साङ्गितिक कार्यक्रम सहित दशैं महोत्सब सम्पन्न

0

गैर आवासीय नेपाली संघ साइप्रस आयोजक र अवैतनिक वाणिज्य दुतावास निकोसिया र नेपाल राजदुतावास इजरायलको प्रमुख संरक्षणमा तथा गैर आवासीय नेपाली विद्यार्थी समिति, जनसम्पर्क समिति साइप्रस , प्रवासी नेपाली मन्च साइप्रस , जन मुक्ती पार्टी साइप्रस , हेल्मो युनिटी साइप्रस , तमु समाज साइप्रस ,सुदुर पश्चिम समाज साइप्रस, चितवन सेवा समाज साइप्रस र किरात याक्थुम चुम्लुङ साइप्रस सह-आयोजक भएर साइप्रसको निकोसियामा दसैं महोत्सब सम्पन्न भएकोछ ।

नेपालका चर्चित गायक संगीतकार काली प्रशाद बास्कोटा र स्थानीय कलाकारहरुको साङेतिक प्रस्तुती रहेको कार्यक्रममा साइप्रसबासी नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो । नेपाली कला संस्क्रिति, गीत–सङ्गीत,भाषा, भेषभुषा तथा परम्पराको संरक्षण तथा प्रबर्द्धन गर्दै साइप्रसवासी नेपालीहरुलाई एकतामा बाध्ने उदेश्यका साथ प्रबासका नेपालीहरुको साझा संस्था एनआरएनए साइप्रसको सन्योजनमा साइप्रसमा सकृय अधिकांस संघ संस्थाको सहकार्यमा दशै महोत्सब आयोजना गरिएको एनआरएनए साइप्रसका अध्यक्ष कुन्दन कार्कीले बताएकाछन ।

वाणिज्य दुतावासका डा• रामजिवन पञ्जियार प्रमुख अतिथि रहेको कार्यक्रममा शान्ती मिसनमा रहेका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारी, ब्रिटिश गोर्खा सैनिक क्याप्टेन पवन शेरचन र नगरपालिका निर्देशक लोउकस पपगिअनिसको उपस्थिती रहेको थियो । औपचारिक कार्यक्रमको सन्चालन एनआरएनए साइप्रसकी महासचिब राधा पोख्रेल थापाले गर्नु भएको थियो ।

प्राबिधिक सहयोग बिकास श्रेष्ठ र साउन्ड म्यानेजमेन्टमा मारियो फ्याङापोउलस थिए भने कार्यक्रम सन्चालन रितु चन्द, मनिष अधिकारीले गरेका थिए ।

अतिथीहरुलाई एनआरएनए साईप्रसका अध्यक्ष कुन्दन कार्कि र महिला प्रतिनिधि पिङला गौतमले मायाको चिनो स्वरुप नेपाली खुकुरी प्रदान गर्नु भएको थियो । नेपाल तामांग घेदुंग साईप्रस लगायत अन्य संघ संस्थाहरुले पनि गायक वास्कोटालाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए ।

अक्टोबर २ तारिक निकोसियाको सिटा पार्कमा भएको दशै मेलामा नेपाली सामानहरु र नेपाली पहिरनहरुका स्टलहरु राखिएका थिए भने सहभागिहरु गीत सङ्गितमा झुमी रहेका थिए । गीतकार काली प्रसाद बास्कोटाको उत्कृष्ट प्रस्तुति रहेको कार्यक्रममा स्थानिय कलाकारहरुले वेजोड मनोरञ्जन दिएका थिए , भने तमु समाजले गुरुङ संस्कृति झल्कने नृत्य प्रस्तुत गरे भने विभिन्न संस्थाहरुले साकेला नाच, शेर्पा पोशाकमा शेर्पा किदुङबाट शेर्पा नाच, तामांग कलाकारहरुले तामांग नाच तथा विभिन्न नेपाली संस्कार झल्काउने नृत्यहरु प्रस्तुत गरेका थिए ।

घर भन्दा टाढा रहेका विद्यार्थीहरुलाई यस् खाले कार्यक्रमले निकै खुशी बनाएको एनआरएनए विद्यार्थी युनियनका अध्यक्ष अनिल पोख्रेलले बताएकाछन ।

नेपाली विद्यार्थीहरु, घरायसि सहयोगी दिदिबहिनीहरु र संयुक्त राष्ट्रसंघको शान्ती मिसनमा रहेका नेपाली सुरक्षाकर्मिहरुको बसोबास रहेको साइप्रसमा भएको कार्यक्रमले सबैलाई उत्शाह थपेको र नेपालीहरुको एकताको शन्देश दिएकोछ ।

एनआरएनए साइप्रसले नयाँ सोच र नयाँ प्रयोग गरिएको कार्यक्रमलाई आर्थिक सहयोग गरि सफल बनाउन प्रमुख भुमिका खेल्नु हुने क्यासलाइन मनी ट्रान्सफर ,मिराकल म्यानपावर प्रा.लि., ॐ श्री महाशक्ति ,कालिनचोक प्रा.लि., डिस्क्वार , एपस, अग्नि , सुन्दर,जन मुक्ती , प्रवासी नेपाली मन्च,किरात याक्थुम चुमलुङ , हेल्मो युनिटी र कलेज अफ टुरिजमलाई धन्यबाद दिएकोछ ।

ब्यबस्थापनमा सहयोग गर्ने राजन श्रेष्ठ , कृपा थापा र साइप्रस क़ा लागि राधा पोखरेल,बिना थापा ,प्रकाश बराइली लगायत सस्थाका सम्पूर्ण पदाधिकारीहरु, एन.आर.एन.ए. विद्यार्थी समिती साइप्रसका पदाधिकारीहरु, सोलो सोलोमोदिउ, धत्ता नन्द पाण्डे, श्याम नेपालि रेणु मोक्तान,निरज सुनवार, बिरेन केसि, चन्द्र थापा ,चम्पा मगर ,राम गिरि ,ज्ञानु लामा ,रेश्मा लामा ,मनिषा कार्की ,लक्ष्मीता गुरुङ, बिन्दु दुलाल, भुमी घर्ती र दिल मगर लगायत सम्पुर्ण सहयोगीहरुलाई पनि एनआरएनए साइप्रसले धन्यबाद दिएकोछ ।

Leave A Reply

Your email address will not be published.