विश्व शेर्पा संघले शेर्पा भाषाको एप्स ८ अक्टोबरमा सार्वजानिक गर्दै ।

0


शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी गरिएकोछ । विश्व शेर्पा संघले राजधानीको एक होटलमा आयोजना हुने कार्यक्रममा एप्सलाई सार्वजनिक गर्ने तयारी गरेकोछ । साथै उक्त दिन विश्वका विभिन्न मुलुकहरुबाट भर्चुअल जुममार्फत पनि कार्यक्रममा सहभागिता जनाउन सकिने व्यवस्था आयोजकले गरेका छन ।


अक्टोबर ८ अर्थात अशोज २२ गते साँझ एक कार्यक्रम गरी संघले भाषा एप्लिकेशनलाई सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष आङ दोर्जी लामा शेर्पाले जानकारी दिए । ‘प्रसिद्ध धर्मगुरुको बाहुलीबाट हामी एप्सलाई सार्वजनिक गर्दै छौं । निर्वाचन नजिकिँदो अवस्थामा रहेकाले देशको राजनीतिक सन्तुलनको अवस्थालाई समेत ध्यानमा राख्नै धर्मगुरुबाट एप्सलाई सार्वजनिक गर्न लागेको हो ।’ अध्यक्ष शेर्पाले भने ‘राजनैतिक दलका नेताहरुको पनि सहभागिता रहन्छ ।’


कार्यक्रममा नेपाल शेर्पा संघको समन्वयत्मक भूमिका निर्वाह गर्ने र कार्यक्रम सफल बनाउन किदुग, विभिन्न संघसंस्था, भातृसंस्थाहरुलाई आग्रह गरेको संघका अध्यक्ष गेल्जे लामा शेर्पाले जानकारी दिए । शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि मोवाइल एप्लिकेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।


भाषा सिक्न, प्रयोग गर्न, उच्चारणको शैली सिक्ने समेत एप्लिकेशनमा फिचरहरु राखिएको छ । त्यस्तै शेर्पाहरुको विवाह, जन्म लगायत सामाजिक संस्कारका विषयमा एप्लिकेशनमा पढ्न सकिन्छ । एप्सलाई सरल र सहज रुपमा प्रयोगका लागि उच्च प्रविधि अपनाइएको जनाएको छ ।


एप्सले युवाहरुलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषा शैलीमा एकरुपता ल्याउन सहयोग पुग्ने सम्वन्ध पक्षको भनाइ छ । एप्स निर्माणका लागि विभिन्न देशमा बसोवास गर्ने शेर्पा समुदायहरुले आर्थिक सहयोग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.