
नेपाल ब्रुसेल मिलन केन्द्रले बिजया दशमी एबम शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेकोछ। बेल्जियमको राजधानि सहर ब्रुसेलमा बस्ने नेपालीहरुको संस्था नेपाल ब्रुसेल मिलन केन्द्रले बडा दशैंको अवसरमा भेटघाट, खानपान एबम शुभकामना प्रकट गर्ने कार्यक्रम गरेको हो।
मेची देखि महाकाली सम्मका नेपालीलाई एकै ठाउमा भेला गरि गाउ घरको तिर्सना मेटाउने र भाइचाराको अभिवृद्धि गर्ने उद्यस्यले भेटघाट, शुभकामना आदान प्रदान कार्यक्रम गरिएको संस्थाका अध्यक्ष भिम सुबेदीले बताएकाछन्।
एक सय जना भन्दा बढीको उपस्थिति रहेको, कार्यक्रममा एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, संस्थाका सल्लाहकार लिलाधर पन्त, र मिरियम जोंनेकएंनले शुभकामना मन्तब्य राख्नु भएको थियो। प्रमुख अतिथि एनआरएनए बेल्जियमकि महिला संयोजक ईश्वरा शर्मा, नेपाली ब्यबसायी संघका उपाध्यक्ष चिरन कुमार खवास लगायतले पनि शुभकामना दिनु भएको थियो ।।
अतिथिहरुलाई संस्थापक अध्यक्ष पारस गौतमले स्वागत गर्नु भएको थियो। केन्द्रका अध्यक्ष भिम सुबेदीको शभापतित्वमा भएको कार्यक्रमको संचालन उपाध्यक्ष शिब रेग्मीले गर्नु भएको थियो।



