
क्षेत्री समाज बेल्जियमको पाँचौ अधिबेशन सम्पन्न भएकोछ। बडा दशैँ २०७९ को शुभकामना आदान प्रदान र सांगेतिक कार्यक्रम सहित सोमबार बेल्जियमको लुभेनमा भएको अधिबेशनले आगामी कार्यकालका लागि दिपक कार्कीको अध्यक्षतामा सर्बसम्मत नया कार्यासमिति पनि निर्बाचित गरेकोछ।
क्षेत्री समाज बेल्जियमको दुइ बर्षे कार्यकालका लागि चुनिएका अन्य पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष कुल बहादुर कार्की, उपाध्यक्ष दिपेन्द्र केसी, मिन क्षेत्री , कृष्ण सगुन क्षेत्री, महासचिब हरि रोका, सचिब रमेश कार्की, दिनेश थापा, कोषाध्यक्ष राजन घिमिरे , सह कोषाध्यक्ष राजु थापा, र सदस्यहरुमा अभिलेख बस्नेत, बिकाश कार्की, कमल खड्का, तेजेन्द्र रोका , हिमाल केसी ,गणेश रोका, दिपक जिसी, जित कार्की , बबिता केसी, सुनिता थापा, किरण कार्की हुनु हुन्छ,
सास्कृतिक बिभाग प्रमुख बरिष्ट सदस्य जयराम केसीलाई चयन गरिएकोछ ।
समाजका सल्लाहकार एबम निर्वाचन सन्योजक झलक केसीले निर्बिरोध निर्बाचित कार्यसमितिको घोषणा गर्नु भएको थियो ।
बेनेलक्सका लागि नेपालि राजदुत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियम अध्यक्ष खड्क बहादुर केसी, एनआरएनए केन्द्रिय सचिब गंगाधर गौतम र समाजकि अध्यक्ष मुना केसीले पांच वटा दीप प्रज्वलन गरि पाँचौ अधिबेशनको उद्घाटन गर्नु भएको थियो। अतिथिहरुलाई समाजका बरिष्ठ उपाध्यक्ष कुल बहादुर केसीले स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष नगेन्द्र बस्नेत , मोहन खत्री, प्रमुख अतिथि राजदुत राजभन्डारी , बिशिष्ठ अतिथिहरु एनआरएनए अध्यक्ष केसी र केन्द्रिय सचिब गंगाधर गौतमले अधिबेशन सफलताको शुभकामना दिनु भएको थियो।
समाजलाई निरन्तर योगदान दिएका र बेल्जियमको नेपाली समुदायमा नेतृत्वदायी भूमिकामा रहेर सेवा दिएका तीन जना, एनआरएनए बेल्जियम अध्यक्ष खड्क बहादुर केसी , युबा उपाध्यक्ष राजेश केसी, र लुभेन नगरपालिका सदस्य कृष्ण सगुन क्षेत्रीलाई कदरपत्र सहित सम्मान गरिएको थियो। प्रमुख अतिथि राजदुत राजभण्डारीलाई मायाको चिनो करुवा प्रदान गरिएको थियो भने समाजसेबी बालेन्द्र गुरुङलाई पनि ढाकाको टोपी लगाएर सम्मान गरिएको थियो।
समाजकि अध्यक्ष मुना केसीले आफ्नो कार्यकालमा सहयोग पुर्र्याउने सबै संघ संस्था लगायत कार्य समिति सदस्यहरुलाई धन्यबाद दिनु भएको थियो। समाजका महासचिब मीन क्षेत्रीले समाजले बिगतमा गरेका सामाजिक काम र अन्य गतिबिधि बारे जानकारी गराउनु भएको थियो। संस्थाकी अध्यक्ष मुना केसीको शाभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब मिन क्षेत्रीले संचालन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा शुभकामना आदान प्रदान र सांगेतिक माहोलमा नाचगान भएको थियो।
