बेल्जियमका नेपालीहरुले मनाए १६ औ स्मृति दिवस,

0

तमु समाज बेल्जियम र सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमको संयुक्त आयोजनामा आजभन्दा ठिक १६ बर्ष अगाडि २३ सेप्टेम्बर २००६ का दिन ताप्लेजुङको घुम्सामा हेलिकप्टर दुर्घटनामा परि नेपालका बरिष्ट भुगोलबिद तथा धुरन्धर बिद्धान डा.हर्क गुरुङ्ग,संरक्षणबिद डा.चन्द्र प्रसाद गुरुङ्ग लगायतका २४ जना देश तथा बिदेशका ख्यातिप्राप्त ब्यक्तित्वहरुले ज्यान गुमाएका थिए । उक्त कालो दिन नेपाल र नेपालीहरुको इतिहासमा कहिल्यै नबिर्सने गरि क्षति भएको छ । उक्त दु:खद घटना मृत्युवर्ण गर्नु हुने ति विशिष्ट ब्यक्तिहरुको सम्झनामा बिगतका बर्षहरुमा झै यसपटक पनि स्मरण गर्दै वहाँहरु प्रती श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।


तमु समाज बेल्जियमका अध्यक्ष श्री ओमराज गुरुङ्ग, सिक्लेस-पार्चेकल्याण कोष बेल्जियमका अध्यक्ष श्री ओम प्रसाद गुरुङ्ग तथा प्रमुख अतिथि तमु समाज,बेल्जियमका संरक्षक क्या.श्री जोग बहादुर गुरुङ्गज्युको समुपस्थितिमा सयुक्तरुपमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्धघाटन गरिएको थियो । कार्यक्रममा महान ब्यक्तिहरुको सम्झनामा एक मिनेट मौनधारण गरि शुरु गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथी तथा जन समुदायबाट स्वर्गीय महानुभावहरु प्रति श्रद्धासुमन सहित वहाँहरुका तस्बिरमा माल्यार्पण गरिएको थियो ।


कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथी तथा जनसमुदायहरुलाइ सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमका अध्यक्ष श्री ओम प्रसाद गुरुङ्गज्युद्वारा स्वागत गर्दै आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त स्मृति दिवस कार्यक्रममा स्वर्गीय डा.चन्द्र प्रसाद गुरुङ्गको जिबनीबारे सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमकि उपाध्यक्ष श्रीमती बिना गुरुङ्गज्युले आफ्नो धारणा राख्नु भएको थियो भने स्वर्गीय डा.हर्क गुरुङ्गको बारेमा तमु समाज,बेल्जियमका महासचिव श्री सुर्य बहादुर गुरुङ्गज्युले आफ्नो धारणा राख्नु भएको थियो । साथै प्रमुख अतिथी क्या.श्री जोग बहादुर गुरुङ्ग,सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमका सस्थापक अध्यक्ष श्री गम बहादुर गुरुङ्ग,तमु समाज,बेल्जियमका समाजका सल्लाहकारद्वय श्री नन्दराज घले र श्री होम गुरुङ्गज्युद्वारा कार्यक्रम बारे सगौर्भिक भनाइ सहित छोटो मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रम संचालन सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमका महासचिव श्री जित बहादुर गुरुङ्गज्युले गर्नुभएको थियो भने १६ स्मृति दिवस कार्यक्रममा उपस्थिति रहनुहुने सम्पूर्ण महानुभावहरु प्रति धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रममा प्रसाद तथा खाजास्वरुप सेलरोटी,आलुको अचार र पुष्पान्जलिको लागि फुलहरु प्रायोजन गर्नुहुने सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमकि चेलीबेटीहरु प्रती धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो । तमु समाज,बेल्जियमका पुर्व अध्यक्ष एबम योजना प्रमुख श्री कुमार गुरुङ्गज्यु,उपाध्यक्ष श्रीमती अनिता घलेज्यु,सदस्य श्री ओम प्रसाद गुरुङ्गज्यु समेत उपस्थिति रहनु भएको थियो । साथै उक्त कार्यक्रमका लागि सिक्लेस-पार्चे कल्याण कोष,बेल्जियमका निवर्तमान अध्यक्ष श्री चोकराज गुरुङ्गज्युले १०० युरो सहयोग स्वरुप प्रदान गर्नु भएको थियो,

Leave A Reply

Your email address will not be published.