जनसम्पर्क समिति बेल्जियमले मनायो संबिधान दिवस,

0

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको सात वर्ष पूरा हुँदै गर्दा जन सम्पर्क समिति बेल्जियमले बेल्जियमकै शैक्षिक शहर लुभेनमा बिचार गोष्ठी कार्यक्रम गरि संबिधान दिवश मनाएकोछ ।


जन सम्पर्क समिति बेल्जियमले संविधान जारी भएको सात बर्ष पुगेको अवसरमा १९ सेप्टेम्बरका दिन एक बिचार गोष्ठी आयोजना गरेको हो । उक्त कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनको लागि नेपाली राजदुत महामहिम गेहेन्द्र राजभण्डारीको बिशेष उपस्थिति थियो भने एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केशी लगायत आयोजक समितिका पुर्व अध्यक्षहरु, अन्य संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, सामान्य समर्थक एवम् सञ्चारकर्मीहरुलाई समेत निम्त्याइएको थियो ।

जनसम्पर्क समिति बेल्जियमका सभापति पूर्ण तिमिल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई महामन्त्री प्रकास राज गिरीले संचालन गर्नु भएको थियो।


अनलाइन सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्रि अर्जुन नरसिंह केसीले नेपालको संबिधान बिश्वकै उत्कृष्ट रहेको र कार्यान्वयनमा पार्टीहरु इमान्दार हुन नसकेको भन्दै जनताका आबस्यकता पुरा गर्नका लागि संबिधानको कार्यान्वयन हुनु पर्छ भन्नु भयो। संबिधानले अङ्गीकार गरेको शक्ति पृथकीकरणको कार्यान्वयन भए देशका मूल समस्या समाधान हुने बताउनु भयो। विधिको शासन कसरि भएको छ भन्ने नै देश बिकासको मापन हुने भएको बिधि र पद्धतिलाई पालन गर्न आजको दिनमा प्रतिबद्धता जानाउनु पर्च्च भन्नु भयो।


विभिन्न बक्ताहरु पछि कार्यक्रममा बोल्दै बिसिष्ठ अतिथि राजदुत राजभन्डारीले , ‘नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको भन्दै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्यायको दृष्टिले अहिलेको संबिधान विश्वमै उत्कृष्ट संबिधान भएको तर्क गर्नु भयो ।
त्यस्तै एनआरएनएका अध्यक्ष खड्क केशीले संविधान जारी भएसगै आदिवासी जनजाति र मधेसी समुदायबाट उठाइएका समानुपातिक र समावेशीका मुद्दालाई सम्बोधन गरेको यो संबिधानको प्रयोगको शिलशिलामा भएका अबरोधहरुलाई हटाएर लैजान सकिने भन्दै संविधानसभाबाट विश्वका अरु मुलुकमा जारी भएको संविधानको तुलनामा नेपालको संविधान धेरै विशेषताले भरिपूर्ण रहेको तर्क राख्नु भयो।


,उक्त बिचार गोष्ठीमा जन सम्पर्क समिति बेल्जियमका संस्थापक अध्यक्ष धुर्ब राज पौडेल,पुर्व अध्यक्षहरु क्रमश गङ्गाधर गौतम,सुबास जोशी,सीता सापकोटा ,इन्द्र पकवान लगायतले आफ्ना तर्कहरु राखेका थिए।

Leave A Reply

Your email address will not be published.