बेलायतस्थित समाजसेवी पशुपति भण्डारीलाई प्रबल जनसेवाश्री पदक

0

लण्डन – बेलायतमा बसेर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुराए वापत उद्यमी पशुपति भण्डारीलाई नेपाल सरकारले सम्मानित गरेको छ।

संविधान दिवस २०७९ को अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले उनलाई प्रबल जनसेवाश्री पदक प्रदान गरेकी छन्।

‘यो पदक पाउँदा राष्ट्रले मेरो योगदानको कदर गरेको महसुस भएको छ।  नेपालको पर्यटन प्रवर्द्धन गर्न र नेपालीको शिर उँचो राख्न आगामी दिनमा म अझ बढी कटिबद्ध भएर लाग्ने छु,’ भण्डारीले भने। 

गुल्मीमा जन्मिएका भण्डारीले लन्डनस्थित एकेडेमी अफ प्रोफेशनल स्टडिजबाट एमबीए गरेका छन्।  एभरेस्ट इन युके चेन रेस्टुरेन्टका संस्थापक तथा अध्यक्ष भण्डारी बेलायतका लागि नेपाल पर्यटन बोर्डका पूर्व स्थायी प्रतिनिधि पनि हुन्। 

उनले बेलायतस्थित स्थानीय समुदायद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागिता जनाउनुका साथै नेपाली संस्कृति चिनाउन विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन्।  गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको मानार्थ सदस्य भण्डारी यति नेपाली संघ, कोसेली युके, गुल्मी जिल्ला समाज युके, नेपाली क्याटरर्स एसोसियशन युके लगायत विभिन्न संघसंस्थामा आवद्ध छन्।  उनले नेपालमा जलविद्युत, पर्यटन, कृषि लगायत विभिन्न क्षेत्रमा लगानी पनि गरेका छन्।

Leave A Reply

Your email address will not be published.