अछाममा पहिरोले पुरिएर २ जनाको मृत्यु, कयौं बेपत्ता

0

काठमाडौं : लगातारको वर्षासँगै आएको पहिरोले अछाममा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ५ वटाभन्दा बढी घर पुरिएको छ ।

पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर पुरिँदा ९ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरिएका र बेपत्ताको खोजी जारी रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.