जबराले नाम लिएकाहरुलाई बयानका लागि बोलाउने महाभियोग समितिको निर्णय

0

काठमाडौं : महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई छलफलका लागि बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले बुधबार नेपाल बार एशोसियसनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको हो ।

समितिले क-कसलाई बेलाउने भन्ने नाम तय गरिसकेको छैन ।

जबराले आफूविरुद्धको महाभियोगबारे बयान दिने क्रममा सर्वोच्चका बहालवाला र पूर्व न्यायाधीश, बार एशोसिएसनका पूर्व पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरुलाई केही आरोप लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.