त्रिचन्द्र कलेज बाहिर नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट विद्यार्थीले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ ।

विद्यार्थीहरुले राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडपपछि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।

विद्यार्थी प्रदर्शनका कारण केही समय घन्टाघर क्षेत्रको यातायात समेत प्रभावित भएको छ ।

संसदको दुबै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेपनि प्रमाणीकरण भएको छैन ।

Leave A Reply

Your email address will not be published.