महिला साफ च्याम्पियनसिप आजबाट शुरु हुँदै, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

0

काठमाडौं : छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुँदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उदघाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । 

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल साँझ साढे पाँच बजे शुरु हुनेछ । 

साविक उपविजेता नेपाल भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । नेपाल यस पटक उपाधि घरमै राख्ने योजनामा समेत रहेको छ । 

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । 

साफले सहभागी सात टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । 

यस्तै समूह ’बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज तीन गते हुनेछ ।

Leave A Reply

Your email address will not be published.