नेपाली भाषा बिद्यालयका बिद्यार्थीहरु सङ्गै मनाइयो बेल्जियममा मोति जयन्ति

0

अन्तराष्ट्रीय नेपाली साहित्य समाज अनेसास बेल्जियम र साङ्ग्रिला समाज बेल्जियमको संयुक्त आयोजनामा १५६ औ मोति जयन्तिमा साहित्यिक रचना बाचन एबम श्रद्धाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भ​एकोछ । साङ्ग्रिला समाजले सन्चालन गर्दै आएको नेपाली भाषाकक्ष्ाका बिद्यार्थी बाबुनानीहरु सङ्गै सोहि बिद्यालयमा भ​एको कार्यक्रममा बिभिन्न बक्ताहरुले नेपाली साहित्य र भाषाको उत्थानको लागि मोतिराम भट्टको योगदानको चर्चा गर्नु भ​एको थियो ।

आदिकबि भानुभक्त आचार्यको साहित्यको संरक्षण र बिस्तार एबम आधुनिक साहित्यको बिकासमा भट्टको अतुलनिय योगदान रहेको , छोट्टो उम्मेरमा पनि धेरै काम गरेकोले नेपाली भाषा साहित्य प्रेमीहरुले उनलाई सधै सम्झि रहनेछ्न भन्ने उपस्थित अतिथिहरुको भनाई थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीको प्रमुख अतिथ्यतामा भ​एको कार्यक्रममा परमानन्द सापकोटा, चन्द्र शर्मा , ब्रह्मदत्त वाग्ले , बिमल गिरी , जमुना गैरे बास्तोला , मोहन खत्री , दिपेन्द्र केसी , गोपाल दाहाल, जगदिश सापकोटा, यामु निरौला, खड्क केसी,ओम शर्मा र नारायण अधिकारीले कबिता मुक्तक लगायतका रचना बाचन गर्नु भ​एको थियो ।

अनेसासका पुर्ब अध्यक्ष दिपेन्द्र केसीले कबि मोतिराम भट्ट्को जीबनीको बारेमा प्रकाश पार्नु भ​एको कार्यक्रममा भाषा कक्ष्ाकि शिक्षिका रुबिना शर्माले बिध्यालय सन्चालनमा आएका चुनौति र ब्यबस्थापनको अनुभब र बालबालिकाहरुको उत्साह र सिकाई बारेमा जानकारी गराउनु भ​एको थियो ।

साङ्ग्ररिला समाजकी महासचिब एबम शिक्षिका निलम घिमिरेले अतिथिहरुलाई स्वागत गर्नु भ​एको थियो ।

नारायण अधिकारी , निलम घिमिरे , रुबिना शर्मा, परमानन्द सापकोटा र रिना शाहीले स्वयमसेबकको रुपमा बालबालिकाहरुलाई नेपाली भाषा सिकाईरहनु भ​एकोछ। सोहि भाषा बिद्यालयका बिध्यार्थी बितृष्णा पौडेल र श्रिष्टी अधिकारीले कबि मोतिरामको बारेमा छोट्टो रचना सुनाउनु भ​एको थियो ।

कार्यक्रमका सन्योजक एबम साङ्ग्रिला समाजका अध्यक्ष नारायण अधिकारीले उपस्थितहरुलाई धन्यबाद ज्ञ्ापन गर्नु भ​एको थियो ।

अनेसास बेल्जियमका अध्यक्ष डिल्लि अम्माईको शभापतित्वमा भ​एको कार्यक्रमको सन्चालन महासचिब लोकनाथ शर्माले गर्नु भ​एको थियो ।

साहित्य रचनालाई बालबालिकाहरुले चासोपुर्बक सुनेका थिए भने कबि मोतिराम भट्टको बारेमा पनि उनिहरुले बुझ्ने गरि जानकारि गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.