पछिल्लो एक साता वाणिज्य बैंकहरूको निक्षेपमा सुधार

0

काठमाडौं : पछिल्लो एक साता वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । 

नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको विवरण अनुसार भदौ १० देखि १७ गतेसम्म वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । 

भदौ १० गतेसम्म कुल ४४ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भदौ १७ गतेसम्म ४४ खर्ब ३७ अर्ब पुगेको संघले जनाएको छ । 

असार मसान्तसम्मको तुलनामा निक्षेप १ खर्ब ४ अर्ब घटेको छ । असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो । 

चालु आर्थिक वर्ष साउन लागेदेखि निरन्तरजसो निक्षेप घट्दै आएको थियो । 

निक्षेपमा आएको कमीका कारण अधिक माग हुँदा पनि बैंकहरुले कर्जा दिन नसकेको बताउँदै आएका छन् । पछिल्लो साता बैंकहरुको कर्जा लगानी भने स्थिर जस्तै देखिएको छ । 

भदौ १० देखि १७ गतेसम्म एक साताको अवधिमा थप १ अर्ब मात्रै कर्जा प्रवाह भएको तथ्यांकले देखाएको हो १० भदौसम्म वाणिज्य बैंकहरुको कर्जा ४१ खर्ब ७९ अर्ब ५५ करोड रहेकोमा १ अर्ब ६७ करोडले वृद्धि भएर ४१ खर्ब ८१ अर्ब २२ करोड पुगेको छ ।

Leave A Reply

Your email address will not be published.