विद्यार्थी राजनीतिबाट उदाएका पौडेल प्रदेश सभाको उम्मेदवारमा सिफारिस,

0
निर्मलराज पौडेल

चितवन २०, भदौ

आगामी मंसिर ४ गते सम्पन्न हुने प्रदेश सभाको निर्वाचनमा चितवन २ (ख) बाट नेपाली काँग्रेस पार्टीको तर्फबाट निर्मल राज पौडेलको नाम सिफारिस गरेको छ।

आइतबार पार्टी कार्यलयमा बसेको प्रदेश कार्यसमितिको बैठकले पौडेलको नाम सिफारिस गरेको हो ।

२०५२ सालदेखि विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा होमिएका पौडेल सक्रिय राजनीतिमा छन। विभिन्न पदमा रहेर महत्त्वपूर्ण भुमिका निर्वाह गरिसकेका छन।
अध्ययनमा एमफिल र समाजशास्त्रमा मास्टर्स गरिसकेका पौडेल इमानदार र बौद्धिक क्षमताका युवा नेताको रुपमा चिनिन्छन।

पौडेलले भने गएको स्थानीय चुनावमा निरन्तर खटेर आफ्नो र गठबन्धनको उम्मेदवार जिताउन महत्त्वपूर्ण भुमिका खेले यसपटक पार्टी र गठबन्धनले आफुलाई नै सहयोग हुने पुर्ण बिश्वास छ।
केही समय पछि हुने प्रदेश सभाका चुनावमा निर्वाचित भएर प्रदेश (ख) र जिल्लाको सेवा गर्ने उनको चाहना छ ।

Leave A Reply

Your email address will not be published.