नेपालका गरीब बिद्यार्थी पढाउन र स्वास्थ्य शिबिरका लागि बेल्जियममा ‘नेपाल मेला’ आयोजना

0

नेपालको शैछ्यिक छेत्रमा लामो समयबाट सहयोग गर्दै आएको बेल्जियमको समाजिक संस्था मेदोरा बेल्जियमले नेपाली दुताबास बेल्जियम र एनआरएनए बेल्जियमको सहकार्यमा नेपाल मेला आयोजना गरेकोछ ; शनिबार बेल्जियमको लुमेन सहरमा भ​एको नेपाल मेलामा उक्त सहरका मेयर लुक वौतर्स ,बेल्जियमका लागी नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले सुभारम्भ गर्नु भ​एको थियो ।

मेलाको शुभारम्भ गर्दै मेयर वौतर्सले मानबीय सेवा र बालबालिकाको उज्वल भबिष्यको लागि आयोजना गरिएको नेपाल मेलामा सहभागि हुन पाएकोमा खुशि ब्यक्त गर्दै यसबाट नेपाल र बेल्जियमको सम्बन्ध मजबुत बन्ने बिस्वास ब्यक्त गर्नु भयो ।

बेनेलक्सका लागी नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले नेपाललाई माया गरेर बेल्जियममा नेपाल मेलाको आयोजना गरेकोमा मेदोरा बेल्जियमलाई धन्यबाद दिदै घ्रिणाको पर्खाल लगाउने भन्दा मायाको डोरिले जोड्ने ब्यक्ति र सन्स्था महान हुन्छ्न भन्नु भयो । मेदोराले नेपाल र बेल्जियमका जनतालाई जोड्ने काम गरेर दुई देशको मित्रता बलियो बनाएकोमा दुताबासको तर्फबाट धन्यबाद दिनुभयो । कोरोना पछि नेपाल पर्यटकहरुलाई स्वागत गर्न तयार रहेकोले नेपालको सुन्दरताको अबलोकन गर्न पनि उपस्थित पाहुनाहरुलाई अनुरोध गर्नु भयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले नेपाली समुदायले बेल्जियमको आर्थिक समाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेको र स्थानीय छिमेकिहरु सङ्ग सौहार्द सम्बन्ध बनाएर मित्रताको कसिमा खरो उत्रिएको बताउनु भयो । करिब सात हजार नेपालीहरुको बसोबास रहेको बेल्जियमको सान्स्क्रितिक बिबिधतामा नेपालको गहिरो प्रभाब छ भन्दै एनआरएनए बेल्जियम नेपाली समुदायको एकता र स्थानीयबासि सङ्ग सम्बन्ध बिस्तारका लागि सक्रिय रहेको बताउनु भयो ।

मेदोरा बेल्जियमकि भुरजितर ( अद्यक्ष ) अनिता लेनायर्तले नेपाली साना बाबुनानीहरुको शिक्षा स्वास्थ्यमा सहयोग गर्ने अबसर पाउनु र नेपाल जस्तो सुन्दर देश र इमान्दार मानिसहरुलाई सकेको सहयोग गर्न पाउनु आफ्नो लागी अबिस्मरणीय रहेको छ भन्दै मेदोरा बेल्जियमको अभियानमा सहकार्यको लागि बेल्जियमको नेपाली समुदाय , लुमेन नगरपालिका , एनआरएनए बेल्जियम, एना बेल्जियम र नेपाली दुताबासलाई धन्यबाद दिनु भयो । बिद्यालयलाई सहयोग , स्वास्थ्य शिबिर र स्वास्थ्य सचेतनाका लागि नेपाल मेलाबाट संकलन भ​एको रकमले सदुपयोग हुने बताउदै सबैको सहभागिता र सहयोगले नेपालका लागि काम गर्न हौसला मिलेको बताउनु भयो ।

अनीता, क्रीष्टिन,लिन्दा , करिन र एरिक सहितको मेदोरा टिमले नेपालका धादिंग, चितवन लगायतका जिल्लामा बिगत १२ बर्ष देखि दन्त स्वास्थ्य शिबिर , सरसफाई, बिध्यालय निर्माण, शैक्षिक सामाग्रि बितरण आदि सहयोग गर्दै आईरहेकोछ ।


करिब तीन सय जनाको उपस्थिति रहेको मेलामा नेपाली खानाका बिभिन्न परिकार , नेपाली हस्तकलाका सामान र नेपाली गीत सङ्गित, न्रित्य, झाकी प्रस्तुत गरिएको थियो । नेपाली कलाकार सङ्घ बेल्जियमका कलाकारहरुले प्रस्तुत गरेको गीतमा लुमेन सहरका मेयर लुक वौतर्स लगायतका अतिथिहरु र दर्शकहरु रमाई रमाई नाचेका थिए ।

उपस्थित पाहुनाहरुले नेपालको बारेमा धेरै कुरा थाहा भ​एको र निकट भबिष्यमा नेपाल जान चाहना जागेको बताएका थिए गौतम बुद्धको जन्मस्थल नेपालको सुन्दरताले सबैलाई मोहित बनाउने सुनेको र नेपाल मेलामा आएर त्यसबारेमा अझ धेरै जानकारि पाएकोले एक पट्क जसरि पनि नेपाल पुग्ने उनीहरुको भनाइ थियो । नेपाली गीत र न्रित्यले निकै रमाइलो भ​एको पनि उनीहरु बताई रहेका थिए ।

कार्यक्रमको अन्त्यमा एनआरएनए बेल्जियमका अध्यछ्य खड्क बहादुर केसीले मेयर लुक र मेदोराकी अद्यक्ष अनीतालाई नेपाली टोपी र खादा लगाएर नेपाली समुदायको तर्फबाट सम्मान गर्दै धन्यबाद दिनु भ​एको थियो ।

Leave A Reply

Your email address will not be published.