पर्यटनमन्त्रीलाई लाइन बस्न लगाउने सुरक्षागार्ड पक्राउ

0

काठमाडौं : व्यक्तिगत कामको सिलसिलामा ठमेलस्थित छायाँ सेन्टर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षा गार्ड पक्राउ परेको घटना सार्वजनिक भएको छ । 

क्यानडाको भिसाका लागि शुक्रबार बायोमेट्रिक विवरण दिन श्रीमतिसहित पुगेका मन्त्री श्रेष्ठभन्दा अगाडि अरु थुप्रै सेवाग्राही भएपछि गार्ड शेरजंग कुँवरले लाइन बस्न भनेपछि गार्ड र मन्त्रीबीच भनाभन भएको हो । 

त्यसकै आधारमा पक्राउ परेका सुरक्षा गार्ड कुँवरलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने तयारी गरेको छ ।

मन्त्री त्यहाँबाट फर्किएसँगै प्रहरीले गुरुङलाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त दरबारमार्गले गुरुङमाथि अभद्र व्यवहार कसुरमा अनुसन्धान शुरु गरिएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.