पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरूद्ध

0

काठमाडौं : लगातारको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ । 

भरतपुर महानगरपालिका–२९ केराबारीस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा बिहीबार बिहान करिब ६ बजे माथिबाट लेदो सहितको पहिरो झर्दा सडक अवरूद्ध भएको हो । 

प्रहरीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको छ । 

बाटो अवरूद्ध भएसँगै दुबै तर्फ सवारीको लामो लाइन लागेको छ । बुधबार बिहान पनि पहिरोका कारण सडक अबरुद्ध भएको थियो ।

त्यस्तै १८ किलोमा पनि ठूलो पहिरो झरेको छ । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.