प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग फेरिने

0

काठमाडौं : प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंग फेरिने भएको छ । 

निर्वाचन आयोगले २०७४ को भन्दा अहिलेको निर्वाचनमा प्रयोग हुने मतपत्रको रंगमा हेरफेर गर्ने भएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको निर्वाचनका लागि सेतो कागजमा फरक–फरक रंगको प्रयोग गरी मतपत्रमा चुनावको विवरण र चुनाव चिह्न छाप्ने तयारी गरेको तयारी छ । 

सुन्तला, सुनौलो, रातो र कालो गरी चार रंगको प्रयोग गरेर छुट्टाछुट्टै मतपत्र छाप्ने तयारी गरेको आयोगले जनाएको छ । 

२०७४ को निर्वाचनमा आयोगले कालो, रातो र हरियो रंगको प्रयोग गरेर प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपत्रको छपाइ गरेको थियो । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रातो रंगको प्रयोग गरेर मतपत्र छापिने तयारी भएको छ भने कालो रंगको प्रयोग गरेर समानुपातिकतर्फको मतपत्र छपाइको तयारी छ । 

२०७४ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हरियो र समानुपातिकतर्फ रातो रंगको प्रयोग गरेर मतपत्र छापिएको थियो । 

प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि सुन्तला रंगको प्रयोग गरेर मतपत्र छाप्ने आयोगको योजना छ भने समानुपातिकतर्फ सुनौलो रंगको प्रयोग गरिँदैछ । 

२०७४ को निर्वाचनमा प्रदेशसभाको प्रत्यक्षमा कालो र समानुपातिकतर्फको मतपत्रमा रातो रंग प्रयोग गरेर मतपत्रको छपाइ गरिएको थियो । 

स्थानीय तहको निर्वाचनमा मतपत्रको रंग फेर्दा दलहरूले आपत्ति जनाएका थिए ।मतपत्र छपाइका लागि आयोगले साढे ८ मेट्रिक टन कागज किन्न बोलपत्र आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.