प्रदीप गिरीको स्म्रितिमा नेपाली जनसम्पर्क समिति बेल्जियमको श्रद्धाञ्जली,

0

नेपाली राजनितिमा समाजबादि अबधारणाका अग्रज चिन्तक प्रदीप गिरीको सम्झनामा नेपाली काङ्रेसको बिदेश स्थित भात्रि संस्था नेपाली जनसम्पर्क समिति बेल्जियमले श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेकोछ ।

गिरीको देहाबसानको दशौ दिनमा बेल्जियमको एन्टवेरपेन सहरमा आयोजित कार्यक्रममा बेल्जियमका सामाजिक र राजनीतिक सङ्गठनका अगुवाहरुले नेपाली सामाजिक , साहित्यिक र राजनितिक क्षेत्रमा गिरीको योगदानको स्मरण गर्दै उनको सादगि जीबनशैलि र समाजको रुपान्तरणमा आदर्श सक्रियताले सबैलाई प्रेरणा मिलेको बताए ।

गिरीको बौद्धिकता र बाककलाको प्रशन्शा भ​ए पनि देश बिकास र समाज सुधारको अभियानमा उनको बिचारलाई ब्यबहारमा बदल्न नसकिएकोमा सधै पछुताउनु पर्नेछ भन्दै नारा र ब्यबहार फरक गर्ने बर्तमान नेताहरुको कारण समाज भ्रष्ट र अनैतिक बन्दै ग​एको भन्दै गिरी जस्ता केहि निष्ठाबान नेताहरुको देशमा आबस्यकता रहेकोछ भने ।

मौन धारण र स्वर्गीय गिरीको तस्बिरमा माल्यंर्पण गरेर सुरु भ​एको कार्यक्रममा प्रमुख अतिथि नेजससका संस्थापक शभापति ध्रुबराज पौडेल, बिशिष अतीथि एनआरएनएका कोषाध्यक्ष लोक दाहाल, नेजससका निबर्तमान शभापति सीता सापकोटा , पुर्ब शभापति सुबास जोशी लगायत बिभिन्न सङ्घ सन्स्थाका पदाधिकारिहरुले श्रद्धाञ्जलि अर्पण गरेका थिए;

स्वर्गीय गिरीको बारेमा चर्चा गर्दै नेपाली जनप्रगतिशील मोर्चा यूरोपका अध्यक्ष बिष्णु भुजेल , एनआरएनए युरोप उप-संयोजक चित्र सुवेदी , जनप्रगतिशील मञ्च बेल्जियम अध्यक्ष प्रकाश पौडेल , नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका पूर्व अध्यक्ष प्रेम पाठक , नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम अध्यक्ष मेख गुरुङ , पर्बत समाज बेल्जियम अध्यक्ष नन्द कुमारी गुरुङ , नेपाली ब्यवसायी संघ पूर्व अध्यक्ष सि पी भट्ट, मोना बेल्जियम अध्यक्ष रकेन्द्र घिमिरे , नेपाली आदिवासी जनजाति महासंघ बेल्जियम महासचिव पेम्बा गेलु शेर्पा, जसस बेल्जियम निबर्तमान महामन्त्री दिनेश भण्डारी , नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा, एनआरएनए यूरोप यूवा उपसंयोजक दिपक न्यौपाने ,एनआरएनए बेल्जियम सचिव जगदीश सापकोटा, लुम्बिनी कपिलवस्तु अभियान यूरोपका सल्लाहाकार दामोदरप्रसाद आचार्य ,प्रबासी नेपाली मन्च प्रतिनिधि बिनोद न्यौपाने , प्रबासी नेपाली मन्च यूरोप सचिव चन्द्र शर्माले श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

त्यसै गरि जसस बेल्जियमका बरिष्ठ उपसभापति कुमार जोशी, जसस बेल्जियम उपसभापति बिराट जोशी, नेपाली ब्यबसायी संधका महासचिब मदन दवाडी, स्याङजा समाज बेल्जियम उपाध्यक्ष होमनाथ पाण्डे ,नेपाली आदिवासी जनजाति महासंघ उपाध्यक्ष मुना राई, नेपाली आदिवासी जनजाति महासंघ सचिव रबिन राई बान्तावा, जसस बेल्जियम कोषाध्यक्ष रबिन पण्डित, जसस बेल्जियम पूर्व उपसभापति योगेन्द्र श्रेष्ठ, जसस बेल्जियम पूर्व उपसभापति बिनोद पौडेल, जसस बेल्जियम पूर्व उपसभापति नरहरी सापकोटा,पत्रकार निलम घिमिरे, जसस बेल्जियम सदस्य प्रेम तिमिल्सिना ,जसस सदस्य राज अधिकारी , जसस सदस्य नबिन पन्डित लगायतले पनि श्रद्धाञ्जली अर्पण गर्नु भ​एको थियो ।

नेपाली जनसम्पर्क समितिका शभापती पुर्ण तिमिल्सिनाको शभापतित्वमा भ​एको कार्यक्रमको सन्चालन महामन्त्री प्रकाशराज गिरीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.