समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले दिए निवेदन

0

काठमाडौं : आगामी मंसिर चारमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।

आयोगले निर्वाचनमा भाग लिन भदौ १० देखि १२ गतेसम्म समय दिएकोमा उक्त समयभित्र ६८ दलले निवेदन दिएका हुन् ।

प्रतिनिधि सभा प्रत्यक्षतर्फ भाग लिन आयोगमा ७६ दल दर्ता भएपनि सात दलले समानुपातिकतर्फ प्रतिस्पर्धामा भाग नलिने भएका हुन् ।

निवेदनमाथि जाँचबुझ गरेर अन्तिम नामावली प्रकाशनपछि समानुपातिकतर्फ भाग लिने दललाई भदौ १५ मा आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने तयारी छ ।

प्रदेश सभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रदेश नम्बर एकमा ५५ दल र मधेशमा ५९ दलले निवेदन दिएका छन् ।

बागमतीमा ५८, गण्डकीमा ५२, लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० दलले समानुपातिकतर्फ भाग लिन निवेदन दिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.