कैलालीका २ ठाउँमा शंकास्पद वस्तु फेला

0

काठमाडौं : कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । 

जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलस्थित ६ लेन सडकखण्ड र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विपलव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले बताएको छ ।

कपडामा बेरेको अवस्थामा राखिएको शंकास्पद बस्तु प्रेसर कुकर बम भएको आशंका गरिएको छ । 

बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।

Leave A Reply

Your email address will not be published.