सरकारसँग सहमति भएपछि निहारिका राजपुतले तोडिन् अनशन

0

काठमाडौं : सरकारसँग सहमति भएपछि निहारिका राजपुतले अनशन तोडेकी छिन् । 

१७ दिनदेखि काठमाडौंमा अनशन बसेकी महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार राति अनशन तोडेकी हुन् । 

शिवराज श्रेष्ठले आफूमाथि बलात्कार गरेको भन्दै बच्चाको डीएनए परीक्षणको माग गर्दै उनी अनशन बसेकी थिइन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले अनशन तोडेकी हुन् ।

सहमतिमा राजपुतको मागानुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । 

यस्तै, डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको छ ।

Leave A Reply

Your email address will not be published.