संघीय संसदका दुबै सदनको बैठक बस्दै, सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने

0

काठमाडौं : संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । 

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो एक बजे बैठक शुरु हुनेछ । 

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । 

यसअघि आइतबारका लागि तय गरिएको बैठक स्थगित गरेर आजको लागि आह्वान गरिएको हो । 

गिरीको निधनकै कारण आइतबारको बैठक स्थगित गरिएको थियो । 

आजै राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभाका सदस्य गिरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

Leave A Reply

Your email address will not be published.