प्रदीप गिरीको अन्तिम बिदाइ (फोटो फिचर)

0

काठमाडौं : नेपाली कांग्रेसका दिवगंत नेता प्रदीप गिरीप्रति कांग्रेससहित सबै राजनीतिक दलका शीर्ष नेता सानेपा पुगेर गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । यसअघि मेडिसिटी अस्पातल पुगेर पनि नेताहरुले गिरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

कांग्रेसका दिवगंत नेता गिरीको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । शनिबार राति निधन भएका गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालयमा उनको पार्थीव शरीर राखिएको हो ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्थीव शरीरमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् । 

साथै नेताहरु रामचन्द्र पौडेल, पूर्णबहादुर खड्का, सीतादेवी यादव, वामदेव गौतम, डा प्रकाशशरण महत, देव गुरुङले पनि पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली दिएका छन् ।

Leave A Reply

Your email address will not be published.