भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीको बहाव बढ्यो

0

काठमाडौं : भारी वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदीको बहाव बढेको छ । 

हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका विभिन्न वडाहरूमा बाढी बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ । 

मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङका अनुसार हेलम्बु गाउँपालिका–१ हुँदै आउने खोलाको बहाव बढेको हो । 

मेयर तामाङका अनुसार मेलम्ची नगरपालिकाका वडा नं ६, ७, ११ र १२ उच्च जोखिममा छन् । 

मेलम्चीबाट दुबाचौर, शिखरपुर जोड्ने झोलुङ्गे पुलमा बाढीले क्षती पुर्याएको तामाङले बताए । 

उता, हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि बाढी बढेकाले प्रभावितहरुको बारेमा बुझ्न कठिनाई भएको बताए । केही विद्यालय र सडक उच्च जोखिममा रहेको उनले जानकारी दिए । 

वडा नं ५ कल्लेरी र सिरीसेमा आज रातिको गएको पहिरो बाट केहि घरमा क्षति पुगेको छ । 

मेलम्ची बजारमा एसएमसमार्फत बेला बेलामा त्यहाँको अवस्थाबारे जानकारी गराइएको छ । 

गत वर्ष मेलम्चीमा आएको बाढीबाट ठूलो मात्रामा धनजनको क्षती भएको थियो । 

बाढीले तहसनहस गरेको एक वर्षपछि पुनः वर्षायामसँगै नदीको बहाव बढेपछि स्थानीयहरु त्रसित छन् ।

Leave A Reply

Your email address will not be published.