अन्तर्राष्ट्रिय विमानस्थलबाट अबैध सुन र मोबाइल सहित २ जना पक्राउ,

0

श्रावण २० काठमाडौ ,

प्रहरीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट ५० ग्राम सुन र ६ थान मोबाइल सहित दुईजनालाई पक्राउ गरेको छ।
अवैध रुपमा भन्सार छली ल्याएको बेरुवा सुनको औँठी ५० ग्राम र ६ थान (आइफोन) मोबाइल सेट सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सल्यान कालिमाटीका ३ का भुपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलो पाखर गा•पा• ८ का भिमबहादुर तामाङ रहेका छन।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौ आएका उनीहरुलाई विमानस्थलको आगमन टनेल गेटबाट शनिबार पक्राउ गरेको हो।

प्रहरिले भुपेन्द्र घर्ती मगरको साथबाट २५ ग्राम तौलको एक थान सुनको बेरुवा औँठी र आईफोन ७ प्लस ३ थान मोबाइल त्यस्तै भिमबहादुर तामाङको साथबाट २५ ग्राम सुनको बेरुवा औँठी र आईफोन ८ प्लस २ थान साथै आईफोन ७प्लस एकथान बरामद गरेको जनाएकोछ ।

उनीहरुको गतिविधि संकास्पद देखिएकाले नियन्त्रणमा लिइ चेकजाच गर्दा अबैध सामान फेला पारेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.