चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता गरिएको छैन : मन्त्री कार्की

0

काठमाडौं : सरकारले चुनावको मिति घोषणा गर्दा प्रतिपक्षीलाई बेवास्ता नगरिएको दाबी गरेको छ । 

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिपक्षीलाई बेवास्ता गरिएको भनिनु गलत भएको बताएका हुन् ।

निर्वाचनका विषयमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग पटक पटक छलफलको प्रयास गरेपनि सम्भव नभएको उनको भनाइ छ ।

मन्त्री कार्कीले मंसिर चार को चुनाव अपेक्षित भएकाले यसमा सबै जानकार रहेको दाबी समेत गरे । 

एमाले नेताहरुले चुनावको घोषणा गर्दा सरकारले प्रतिपक्षसँग परामर्श नगरेको बताउँदै आएका छन ्।

Leave A Reply

Your email address will not be published.