परराष्ट्रमन्त्री खड्का मंगलबार चीन जाने

0

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज जारी गर्दै मन्त्री खड्काले साउन २४ गते मंगलबारदेखि २६ गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने जानकारी दिएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का चीन जाने तय भएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनको सान्दोङ प्रान्तको छिङ्दवामा दुवै नेताबीच साउन २५ मा भेटवार्ता हुने जनाएको छ । मन्त्री खड्का साउन २६ गते स्वदेश फर्कनेछन् ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेपाल भ्रमण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.