२ वर्षपछि न्युजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा खुला

0

एजेन्सी : कोरोना भाइरस नियन्त्रणको लागि बन्द गरिएको न्युजिल्याण्डको अन्तर्राष्ट्रिय सीमा पूर्णरुपमा खुला गरिएको छ ।

सन् २०२० को मार्चमा बन्द गरिएको सीमा आजबाट पूर्णरुपमा खुला गरिएको हो ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले अन्तिम चरणको सीमा खोल्ने क्षण निकै महत्वपूर्ण भएको बताएकी छिन् ।

न्युजिल्याण्डले गत फेब्रुअरीबाट न्युजिल्याण्डको सीमा खुला चरणबद्ध रुपमा खुला गर्न थालेको थियो ।

अब न्युजिल्याण्डको भिसा भएका र विद्यार्थी भिसा भएका मानिस न्युजिल्याण्ड फर्किन पाउनेछन् । विदेशी जहाजलाई पनि न्युजिल्याण्ड आउन अनुमति दिइएको छ ।

न्युजिल्याण्ड आउने अधिकांश पर्यटकले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । साथै न्युजिल्याण्ड पुगेपछि दुईपटक कोरोना परीक्षण गराउनुपर्नेछ ।

क्वारेन्टिनमा भने बस्नुनपर्ने बताइएको छ । न्युजिल्याण्डको अर्थतन्त्रमा विदेशी विद्यार्थीको ठूलो योगदान रहँदै आएको छ । नाका खुलेसँगै विश्वविद्यालयहरुको व्यापार बढने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.