मेयर सम्मेलन : महानगरपालिकाका लागि छुट्टै ऐन बनाउन माग

0

काठमाडौं : महानगर प्रमुखहरुले सरकारसँग छुट्टै ऐन जारी गर्न माग गरेका छन् । 

पोखरामा भएका मेयर सम्मेलनपछि घोषणापत्र जारी गर्दै छ वटा महानगरपालिकाका प्रमुखहरूले महानगरपालिकाका लागि छुट्टै ऐन जारी गर्न संघीय संसद्लाई अनुरोध गरेका हुन् । 

स्थानीय सरकार सञ्चालनार्थ निर्माण गरिएका कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण र महानगरपालिकाका लागि छुट्टै ऐन आवश्यक भएको महानगरप्रमुखहरुको निष्कर्ष छ । 

सम्मेलनले महानगरले राम्रोसँग काम गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायत विभिन्न विषयसँग सम्बन्धित विद्यमान संघीय कानुन परिमार्जन तथा नयाँ कानुन निर्माण आवश्यक भएको ठहर गरेको छ । 

सम्मेलनले महानगर मञ्च नेपाल गठन गरेर गर्ने निर्णयपनि गरेको छ । 

मञ्चले महानगरका विशिष्ट प्राकृतिक, सांस्कृतिक एवं सामाजिक मौलिक चरित्र एवं समस्या र सम्भावनाहरूलाई सम्मान र सम्बोधन गर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.