अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने

0

काठमाडौं : अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।

सरकारले शर्माको नाम शितल निवास पठाएपछि राष्ट्रपतिबाट आइतबार नै उनले पद तथा गोपनियताको सपथ गराउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बजेट भाषणको अघिल्लो रात अनधिकृत मानिसहरुलाई अर्थमन्त्रालयभित्र लिएर करका दरमा हेरफेर गरेको भन्दै विवादमा आएपछि उनले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

तर यसबारे छानविन गर्न बनेको संसदीय विशेष समितिले शुक्रबार बजेट निर्माणको क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएको थियो ।

समितिले शर्मालाई निर्दोष ठहर गरेसँगै उनलाई नै अर्थमन्त्री बनाउन लागिएको हो ।

यसअघि नै प्रधानमन्त्री देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा शर्मा नै अर्थमन्त्री बन्ने संकेत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.