माओवादीलाई दोस्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज हुँदैन : प्रचण्ड

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीलाई दोस्रो पार्टी बनाउन कांग्रेसले सहयोग नगरे तालमेल सहज नहुने बताएका छन् । 

शनिबार काठमाडौँमा पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा दाहालले संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई कांग्रेसले दोस्रो बनाउन सहयोग गरेमात्र तालमेल सहज हुने बताएका हुन् । 

आफुले कांग्रेसका नेताहरुसंग कुरा गर्दा आगामी निर्वाचनमा माओवादीलाई दोश्रो बनाउनका लागि नेतृत्व तहमा समझदारी बनेको र स्थानीय तहमा जस्तो नहुने प्रतिवद्धता जनाएको पनि दाहालले बताए ।

अध्यक्ष दाहालले स्थानीय चूनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्रै रहेको पुष्टि भएको भन्दै मोहन बैद्य नेतृत्वको माओवादी, चन्द माओवादीको कुनै अर्थ नरहेको र बाबुराम भट्टराई माओवादी नै नभएको दाबी समेत गरे ।

दहालले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरि मिति तोक्ने सम्भावना रहेको भन्दै पार्टीलाई बलियो बनाउने तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

Leave A Reply

Your email address will not be published.