युक्रेनमा रुसको घातक हमला, मिसाइल आक्रमणमा ५ जनाको मृत्यु

0

एजेन्सी : रुसले युक्रेनमा घातक हमला गरेको छ । युक्रेनले रुसी कब्जामा गएको दक्षिणी खेरसन क्षेत्रलाई फिर्ता लिनको लागि आफ्नो प्रयासलाई तीव्र पारेको बेला रुसले हमला गरेको हो ।

केन्द्रीय शहर क्रोपिभ्नित्स्कीमा मिसाइल प्रहार हुँदा पाँच जनाको मृत्यु हुनुका साथै २६ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । पूर्वको बखमुतमा तीन जनाको मृत्यु भएको छ ।

किभ नजिकै एक सैन्य आधारमा १५ जना घाइते भएका छन् । युक्रेनको उत्तरी र दक्षिणी क्षेत्र पनि प्रभावित भएका छन् ।

युक्रेनले देशको दक्षिणी भागमा रुसी सेनालाई एक्लो पार्न खोजेको बेला यस्तो भएको हो ।

युक्रेनी सेनाले अमेरिकाले उपलब्ध गराएको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन शहरको एउटा प्रमुख पुलमा क्षति पुगेको छ । 

युक्रेनी सेनाले मस्कोले अब खेरसोन क्षेत्रको रक्षा गर्न पूर्वी युक्रेनबाट आफ्नो सेनालाई पुन: परिचालन गरिरहेको बताएको छ ।

Leave A Reply

Your email address will not be published.