बाबुराम भट्टराईको नयाँ पार्टी ‘नेपाल समाजवादी पार्टी’, चुनाव चिह्न आँखा

0

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् । 

जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराईले नेपाल समाजवादी पार्टी नामक दल दर्ता गरेका हुन् । 

निर्वाचन आयोगले भट्टराई समूहको आग्रहमा यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइदिएको हो । 

जसपामा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा फागुन पाँचमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो । 

पार्टीको चुनाव चिह्न आँखा कायम गरिएको छ । यो चुनाव चिह्न विगतमा भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । 

भट्टराईले २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईमा तत्कालीन नयाँ शक्तिबाट आँखा चुनाव चिन्हमा लडेर जितेका थिए ।

Leave A Reply

Your email address will not be published.