सोलारले दुई बालकको ज्यान लियो

0

कालीकोट, २७ भदौ । मोबाइल चार्ज गर्ने क्रममा सोलार ब्याट्री पड्किँदा दुईजना बालकको ज्यान गएको छ । मृत्यु हुनेमा मेहलमुडी गाविस– २ का पदमनाथ योगीका १४ वर्षीय छोरा सनेशनाथ योगी र सोही ठाउँका हरिनाथ योगीका १५ वर्षीय छोरा माननाथ योगीको मृत्यु भएको स्थानीयवासी निर्मला शाहीले बताउनु भयो ।
पदमनाथ योगीको घरमा शनिबार साँझ मोबाइलको ब्याट्री चार्ज गर्न खोज्दा २० वाटको सोलारको तार प्लस माइनस जोडिएपछि ब्याट्री पड्किँदा घटनास्थलमै ती बालकको मृत्यु भएको बताइएको छ । मृत्यु भएका सनेशनाथ पञ्चदेवल उच्च माविमा कक्षा ९ मा र माननाथ कक्षा ७ मा अध्ययन गर्दै आएका थिए । सनेशनाथ पदमनाथ योगीका एउटामात्र छोरा भएको बताइएको छ ।
कालीकोट जिल्लामा पछिल्लो समयमा बालबालिकाले मोबाइल प्रयोग गर्ने क्रम बढेको छ । सोही कारण समाजमा अकल्पनीय घटनाहरु हुने गरेको सरोकारवालाहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.