भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात र बिक्री गरे कारबाही

0

काठमाडौं : सरकारले आउँदो भदौ एक गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाकाे उत्पादन तथा आयात र बिक्री वितरण गरेको पाइएमा कारबाही गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको प्रयोग नगर्न आग्रह गरेको छ ।

अनुगमनमा सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको थियो ।

४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोलाको प्रयोगले वातावरणमा प्रतिकुल प्रभाव पारेको विभागले जनाएको छ ।

“वातावरणमा यति संवेदनशिल प्रभाव रहेको प्लाष्टिकका झोला प्रतिवन्धको नेपाल सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकार मन्त्रिपरिषद्) को मिति २०७८/१०/१७ को निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको छ,” विभागले भनेको छ, “विभागबाट विगतमा अनुगमन सुरु गरिएकोमा कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो भएको सन्दर्भमा पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको छ ।”

Leave A Reply

Your email address will not be published.