महिला साफ च्याम्पियनसिप दशरथ रंगशालामा हुने

0

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा हुने भएको छ । एन्फले महिला साफ दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो । 

एन्फाले गठन गरेको साफ आयोजक कमिटीका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले प्रतियोगिता दशरथ रङ्गशालामा आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।

एक हप्ता सरेको महिला साफ च्याम्पियनसिप आउँदो भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यसअघि बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्लादेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तान सहभागी हुँदैछन् ।

नेपालले यसअघि पाँचौँ संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको साफमा फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

Leave A Reply

Your email address will not be published.