वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउन समझदारी (पूर्णपाठ)

0

काठमाडौं : वैदेशिक रोजगारमा रहेका श्रमिकहरुलाई कोषको दायरामा ल्याउने सम्बन्धमा सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

दुई संस्थाबीच बिहीबार ललितपुरस्थित हिमालय होटलमा आयोजित एक कार्यक्रममा सो सहमति भएको हो । 

सो पत्रमा सामाजिक सुरक्षा कोषका तर्फबाट कायकारी निर्देशक कपिल मणि ज्ञवाली र संघका अध्यक्षहरु कुल आचार्य, बद्री केसी, रविना थापा र वैदेशिक रोजगार राहत कोषका संयोजक आरके शर्माले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार अब वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा आवद्ध गराउने सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल, अध्ययन समूह वा समिति उपसमितिमा संघका प्रतिनिधिसमेत समावेश गराई संयुक्तरुपमा अध्ययन गर्ने व्यवस्था मिलाइने छ ।

त्यस्तै संघले वैदेशिक रोजगारमा रहेका कामदार कर्मचारीहरुको सामाजिक सुरक्षा सम्बन्धी विषयमा गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरीय गोष्ठी, अन्तरक्रिया छलफल तथा अन्य कार्यक्रमहरुमा कोषलाई सहभागी गराउने छ र कोषमार्फत गराउन सकिने विषयको बजारीकरण गर्ने व्यवस्था मिलाउने छ ।

आर्थिक वर्ष २०७९/८० को बजेटको बुँदा नं १३६ र १९० को व्यवस्था अनुसार वैदेशकि रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, श्रमिक गन्तव्य देशसँग पारस्परिक सम्झौता सम्बन्धमा नीतिगत आधार तयार गर्न सहयोग गर्ने र त्यस्तो दायराभित्र नपर्ने श्रमिक वा कोषमा आवद्ध हुन चाहने श्रमिकलाई तोकिएको योगदानमार्फत कोषमा आवद्ध गराउन एवं संघको सातौं विश्व सम्मेलनमा घोषणा भए अनुसार हजारे अभियानमार्फत वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न कोषसँग सहकार्यमार्फत गरिने अध्ययन अनुसन्धानलगायत अन्य क्रियाकलापमा कोष र संघबीच आपसी सहकार्य गर्नु र गराउनु नै यस समझदारीको उद्देश्य रहेको एनआरएनएले जानकारी दिएको छ ।

No description available.
No description available.
Leave A Reply

Your email address will not be published.