राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

0

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् । 

स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट संघ क्यान लाई पाँच दिन अगाडि नै राजीनामा बुझाए पनि दासानायकेले आज मात्र खेलाडीहरूलाई जानकारी दिएका हुन् । 

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको पनि दासानायकेले बताएका छन् । 

नेपालको अहिलेको टिम उत्कृष्ट भएको र विवादहरू नहुने हो भने राम्रो प्रदर्शन गर्न सक्ने पनि उनले बताए । 

क्यानडा र स्कटल्यान्ड भ्रमणबाट नेपाली टोली फर्किएलगत्तै पुबुदुले राजीनामा दिएको जानकारी दिएका हुन् । 

क्रिकेट विश्वकप लिग टु खेलिरहेको नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय ओडीआई मान्यता जोगाउन मुस्किल परेपछि पुबुदु दबाबमा थिए ।

Leave A Reply

Your email address will not be published.