अब काठमाडौंमा कुहिने र नकुहिने फोहोर स्रोतमै नछुट्याए जरिवाना

0

काठमाडौं : काठमाडौं महानगरमा आइतबारदेखि फोहोर वर्गीकरण गरेर मात्र संकलन गरिने भएको छ । 

काठमाडौं महानगरपालिकाका अनुसार आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर उठाइने छ । 

सूचनामार्फत महानगरले सम्भव भएसम्म जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न अनुरोध गरेको छ ।  

नकुहिने तर पुनः प्रयोगमा आउन सक्ने फोहोरलाई पुनः प्रयोग गर्न गर्न पुन चक्रिय फोहोर संकलकलाई बेचेर आयआर्जन गर्न भनिएको छ । 

यस्तै ,प्लाष्टिकका झोलाको सट्टा कागज वा कपडाका झोलाको प्रयोगमा जोड दिन आग्रह गरिएको छ । 

फोहोरलाई स्रोतमा नछुट्याउने उत्सर्जकलाई प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गरिनेछ । 

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम जरिवाना तिराइने महानगरको वातावरण विभागको भनाइ छ । 

Leave A Reply

Your email address will not be published.