काठमाडौं महानगरद्वारा कुहिने र नकुहिने फोहोर संकलनको तालिका सार्वजनिक

0

काठमाडौं : काठमाडौं महानगरपालिकाले साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहोर संकलनका लागि तालिका सार्वजनिक गरेको छ ।

महानगरले सूचना निकालेर कुहिने फोहोर संकलन गर्ने दिन आइतबार र बुधवार तय गरेको छ भने नकुहिने फोहोरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ । 

तोकिएअनुसार नागरिकले फोहोर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ । महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहोर वर्गीकरण गर्न अनुरोध गरेको थियो ।

फोहोरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिवानासमेत हुने सूचनामा उल्लेख छ । 

काठमाडौं महानगरको वातावरण विभागका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहोर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.