उपसभामुखका लागि मनोनयन दर्ता हुँदै

0

काठमाडौं : प्रतिनिधि सभाले उपसभामुख पाउने भएको छ । रिक्त उपसभामुखका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ । 

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन बिहीबार नै हुनेछ भने मतदान शुक्रबार हुनेछ । 

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन ।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

Leave A Reply

Your email address will not be published.