प्रचण्ड शुक्रबार भारत जाँदै

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन् । एक राजनीतिक कार्यक्रममा वक्ताका रूपमा सहभागी हुन दाहाल दिल्ली जाने भएका हुन् ।

भारतमा रहँदा उनको कार्यतालिकाबारे स्पष्ट जानकारी भने दिइएको छैन । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेट गर्ने सम्भावना छ ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी दिल्ली जान लागेको बताइएको छ । दाहाल साउन एक गते स्वदेश फर्कने कार्यक्रम छ ।

चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका विदेश विभाग प्रमुख लिउ जियाञ्जाओको टोलीले नेपाल भ्रमणबाट फर्के लगत्तै दाहाल भारत जान लागेका हुन् ।

प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि केही दिन अघि भारत गएकी छिन् ।

Leave A Reply

Your email address will not be published.