उपसभामुख कांग्रेसले पाउने सत्ता गठबन्धनमा सहमति, कांग्रेसले पुष्पा भुसाललाई उठाउने

0

काठमाडौं : प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउने सत्तारुढ गठबन्धनमा सहमति भएको छ । 

कांग्रेस केन्द्रीय समिति बैठकका क्रममा नेता मीन विश्वकर्माले पत्रकारसँग कुरा गर्दै कांग्रेसले प्रस्ताव गरेको उम्मेदवारलाई गठबन्धनका नेताले समर्थन गर्ने सहमति भएको बताएका हुन् । 

कांग्रेसले उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने औपचारिक निर्णय गरेको छैन । 

तर कांग्रेस नेताहरुले पुष्पा भुसाललाई उपसभामुखको रुपमा अघि सार्ने तयारी भएको जानकारी दिएका छन् । 

उपसभामुखका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ । चुनाव शुक्रबार हुनेछ । 

सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने छिन् । 

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन् । 

२०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.