अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

0

काठमाडौं : निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्ने भएको छ । 

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट नै फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था आयोगले मिलाएको हो । 

पहिलो चरणमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट सेवा थालिएको आयोगले जनाएको छ । 

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरि जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै पेस गर्न सक्ने बताइएको छ । 

अनलाइन फाराममा उल्लिखित संकेत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने छ । 

संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर आयोगले असार पहिलो सातादेखि मतदाता नामावली संकलन गरिरहेको छ । नामावली संकलन निर्वाचन मिति घोषणा नहुँदासम्म जारी रहने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.