सरकारका ४२ बुँदे उपलब्धी सार्वजनिक, के-के समेटिए ? (पूर्णपाठ)

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले एक बर्ष नाघेको उपलक्ष्यमा ४२ बुँदे उपलब्धी सार्वजनिक गरेका छन् । 

प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले एक बर्षमा गरेका कामहरुको सूचि सार्वजनिक गरेको हो । 

ओलीले निम्ताएको अस्थिरता र कुशासन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्या र पद्दतिमा अघि बढाउन सफल भएको सरकारले दाबी गरेको छ । 

सरकारले स्थानीय तहको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण रुपमा सम्पन्न गरेको, कोभिड–१९ को प्रकोपबाट जोगाउन सरकारको पहिलो प्राथमिकतासहित खोप लगाउन योग्य सबै नागरिकलाई पूर्ण खोप दिलाउन सफल, कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न विशेष प्याकेज सार्वजनिक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन सफल भएको पनि दाबी गरेको छ । 

त्यस्तै सरकारले राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बनदेखि लिएर संकटग्रस्त उद्योगधन्दा, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेराजगारलगायतको उत्थानका लागि विशेष आर्थिक प्याकेजको व्यवस्था गरेको दाबी गरेको छ । 

सरकारको सूचिमा क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता प्रदान गर्ने निर्णय पनि समावेश गरिएको छ । 

सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति लागू गरेको, लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्न सफल भएको र कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज दिएको विषय पनि सरकारका उपलब्धिका रुपमा उल्लेख गरिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कामलाई सिघ्रता, अमेरिकी सहयोग सम्बन्धि परियोजना एमसीसी संसदवाट अनुमोदन, भूमि आयोगको गठन गरी भूमिहिन तथा सुकुम्वासी पहिचान र पूर्जा वितरणको थालनी, पाँच लाख भूमिहिनलाई पुर्जा वितरण गर्ने घोषण, ज्येष्ठ नागरिकलाई ६८ बर्षमै भत्ता उपलब्धलगायतका बुँदापनि उपलब्धिको रुपमा समेटिएको छ ।

Leave A Reply

Your email address will not be published.